पहिरोमा बेपत्ता पाँच जनाको शव भेटियो

२०८१ साउन १९ गते

पहिरोमा बेपत्ता पाँच जनाको शव भेटियो

गोरखा । जिल्लाको धार्चे गाउँपालिका–५ गुम्दाको रेसेफाँटमा पहिरोमा परी बेपत्ता भएका पाँच जनाको जनाको शव भेटिएको छ ।

आइतबार बिहान करिब ३ बजे नान्सेन सामुदायिक वनबाट झरेको लेदोसहितको पहिरोमा बेपत्ता भएका आरुघाट गाउँपालिका ८ लामा गाउँका २४ वर्षीय रमेश परियारको शव फेला परेको हो ।

Advertisement:

Ad
Ad

साउन १२ गते राती रेसेफाँटमा गएको पहिरोमा परेर पाँच जना बेपत्ता भएका थिए । बेपत्ता भएका ७० वर्षका सुलाल कान्छा गुरुङ, ३७ वर्षका जीतबहादुर गुरुङ, ३३ वर्षका रेशम गुरुङ र ३५ बर्षकी कान्छी गुरुङको यसअघि नै शव फेला परेको थियो ।

पहिरोमा परेर सोही ठाउँका ३५ वर्षका दिलीप गुरुङ काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । अर्का घाइते छाम बहादुर गुरुङ उपचार पछि घर फर्किएका छन् ।