२०८१ असार ०३ गते
काठमाडौँ । निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस भएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको संवैधानिक परिषद्कोे बैठकले प्रधानलाई आयुक्त सिफारिस गरेको परिषद्का सदस्य सभामुख देवराज घिमिरेले बताए ।
प्रधान नेपाल कानुन समाजका कार्यकारी निर्देशक हुन् । संसदीय समितिको सुनुवाइबाट अनुमोदन भएपछि उनले पद तथा गोपनीयताको शपथ लिनेछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको परिषद्मा बैठकममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपसभामुख इन्दिरा राना र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति थियो।
प्रतिक्रिया