नेप्सेमा ठूलो अङ्कको गिरावटसँगै कारोबार रकम पनि घट्यो

२०८१ फागुन २० गते

नेप्सेमा ठूलो अङ्कको गिरावटसँगै कारोबार रकम पनि घट्यो

काठमाडौँ। मंगलबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३०.३६ विन्दुले घटेर २८४६.३० अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः १.०५ प्रतिशतले घटेको हो ।

यस दिन नेप्सेका १३ वटा उपसमूहमा १३ वटै उपसमूहका परिसूचक घटेका छन् । यस दिन सर्वाधिक घट्ने उपसमूहमा उत्पादन तथा प्रशोधन उपसमूह रह्यो जसको परिसूचक २.२१ प्रतिशतले घटेको छ।

Advertisement:

Ad
Ad

नेप्से परिसूचक घटेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १४ अर्ब २८ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन एक लाख २२ हजार ३ सय ३६ पटकको कारोबारमा १२ अर्ब ९४ करोड बराबरको किनबेच भएको छ । जसमा ४१ कम्पनीका शेयर बढेका छन् भने १९८ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी पाँच कम्पनीका शेयर स्थिर रहेका छन् ।

मंगलबार सर्वाधिक बढ्ने स्टकमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रह्यो जसको शेयर दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्ने स्टकमा सिन्धु विकास बैंक रह्यो जसको शेयर दश प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स रह्यो जसको एक अर्ब ९ करोड बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा घलेम्दी हाइड्रोपावरको शेयर रह्यो जसको १३ लाख १७ हजार कित्ता शेयर किनबेच भएको छ।