२०८१ भदौ १२ गते
काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) कार्यालय परिसरमा बुलको प्रतिमा भित्रिएको छ। लामो समयदेखि शेयर मार्केट बढेको सूचक मानिने बुलको प्रतिमा राख्न नेप्सेसँग लगानीकर्ताहरुले अनुरोध गर्दै आएका थिए ।६ फिट उचाई र ८ फिट लम्बाई रहेको बुल निर्माणको काम ललितपुरको पाटनमा भएको थियो । ढलौटबाट निर्मित यो बुलको कूल तौल भने ६ टन रहेको बताइएको छ ।
यो बुलको प्रतिमा दशैं अगाडी नेप्से प्रांगणमा राखिने र विधिवत उद्घाटन गरिने नेपाल स्टक एक्स्चेन्जका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए । विश्वका अन्य सेयर बजारमा पनि सेयर बजारको प्रतिकात्मक रुपमा बुलको प्रतिमाहरु राख्ने प्रचलन रहेकोमा नेपालमा पनि यसको सुरुवात गर्न लागिएको पराजुलीले बताए । पछिल्लो समय केही ब्रोकर हाउसहरुले पनि आफ्नो ब्रोकर हाउसमा बुलको प्रतिमा राख्न थालेका छन् ।
प्रतिक्रिया