२०८१ भदौ १८ गते
काठमाडौँ। हिजो ठूलो अंकले बढेर बन्द भएको शेयर बजार आज मंगलबार भने एकल अंकले बढेको छ। यस दिन नेप्से परिसूचक ६.९० अंकले बढेर २८३०.१६ विन्दुमा पुगेको छ। बजार खुलेदेखिनै विभिन्न उतार चढाव व्यहोरेको नेप्से अन्ततः ०.२४ प्रतिशतले बढेको छ।
नेप्सेक १३ उपसमूहमध्ये आज पाँच उपसमूहको परिसूचक बढेको छ भने अन्य आठ उपसमूहको परिसूचक घटेको छ। मंगलबार निर्जीवन बिमा उपसमूहको परिसूचक सर्वाधिक ४.७८ प्रतिशत बढेको छ। यस दिन फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशत घटेको छ।
नेप्से परिसूचक बढेसँगै आज कारोबार रकम पनि बढेको छ। सोमबार १३ अर्ब १० करोडको शेयर खरिदबिक्री भएकोमा आज भने ३२८ स्टकको १ लाख ४४ हजार १९७ पटकको कारोबारमा १३ अर्ब ५७ करोड रुपैयाँ बराबरको ३ करोड ५ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। जसमा १०६ वटा कम्पनी बढेका छन् भने १३३ वटा कम्पनी घटेका छन् । त्यसै गरी पाँच कमपानीको शेयर भने स्थिर रहेको छ।
यस दिन सर्वाधिक बढ्नेमा ग्रिन डेभलपमेन्ट बैंक, एनएलजी इन्स्योरेन्स, हिमालयन हाइड्रोपावर,वेअन नेपाल लघुवित्त, मातृभूमी लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, मानुषी लघुवित्त, बिन्द्यावासिनी हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर र सिन्धु विकास बैंक रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सर्वाधिक घट्नेमा हिमालयन पावर पार्टनर रह्यो जसको शेयर ८.८६ प्रतिशतले घटेको छ।
मंगलबार सर्वाधिक रकमको कारोबार गर्नेमा एनएलजी इन्स्योरेन्स रह्यो जसको ३४ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा अपि पावर कम्पनी रह्यो जसको ७ लाख ४४ हजार कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया