नेपालीहरूलाई अधिकतम सतर्कता अपनाउन ढाकास्थित दूतावासको अनुरोध

२०८१ साउन २१ गते

नेपालीहरूलाई अधिकतम सतर्कता अपनाउन ढाकास्थित दूतावासको अनुरोध

काठमाडौँ । ढाकास्थित नेपाली राजदूतावासले बङ्गलादेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ ।

दूतावासले एक सूचना जारी गरी बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक भइरहेको र सरकारका तर्फबाट अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएकाले आफू रहेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन त्यहाँ रहेका सम्पूर्ण नेपालीहरूलाई अनुरोध गरेको हो ।

बङ्गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरू स्वदेश फर्किसकेको र बाँकी ४०० विद्यार्थीसहित सम्पुर्ण नेपालीहरू सुरक्षित रहेको सूचनामा जनाइएको छ । स्वदेश फर्कन चाहनेहरूले दूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न पनि दूतावासले सूचित गराएको छ ।

Advertisement:

Ad
Ad

रासस