नेपालको पहिलो महिला मुख्यसचिव बनिन् लीलादेवी गड्तौला

२०८१ साउन १० गते

नेपालको पहिलो महिला मुख्यसचिव बनिन् लीलादेवी गड्तौला

काठमाडौँ । सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

यससँगै गडतौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् । उनलाई असार ३१ गतेको मन्त्रिपरिषद् बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो ।

Advertisement:

Ad
Ad

त्यसअघि तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि असार ९ गते उनलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको थियो ।

गड्तौला भदौ १५ गतेसम्म मुख्यसचिव रहनेछन् । उनी उमेरहदका कारण अवकाश लिँदैछिन् ।