२०८० चैत ०८ गते
काठमाडौं । नेपाल प्रहरीले सञ्चालन गरिरहेका पेट्रोल पम्प अबदेखि २४ सै घण्टा खुल्ने भएका छन् ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनमा नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला गरिने गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाल प्रहरीले काठमाडौं उपत्यकाको नक्साल र सामाखुशीमा दुईवटा पेट्रोल पम्प सञ्चालन गरिरहेको छ । काठमाडौं उपत्यका बाहिर नेपाल प्रहरीले बाराको पथलैया, सप्तरीको कटलाम र चितवनको भरतपुरमा पेट्रोल पम्प सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया