बैंकिङ प्रणालीमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले फेरि खिच्दै ३० अर्ब

२०८३ जेठ २० गते

बैंकिङ प्रणालीमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले फेरि खिच्दै ३० अर्ब

बैंकिङ प्रणालीमा तरलता (लगानीयोग्य रकम) उच्च स्तरमा पुगेपछि नेपाल राष्ट्र बैंकले पुनः ३० अर्ब रुपैयाँ बजारबाट संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले जेठ २० गते निक्षेप संकलन उपकरणमार्फत उक्त रकम खिच्न लागेकाे जानकारी दिएको हो।

राष्ट्र बैंकका अनुसार यसका लागि आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। सहभागी बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन सक्नेछन्। आवेदन रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी हुनुपर्ने व्यवस्था गरिएको छ।

Advertisement:

Ad
Ad

निक्षेप संकलन उपकरणको बोलकबोल ब्याजदरका आधारमा हुनेछ भने संस्थाहरूले बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सक्नेछन्। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।

राष्ट्र बैंकले जारी गरेको ५६ दिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी साउन १३ गते गरिने जनाएको छ।