नेपाल माइक्रो इन्सुरेन्सको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ रिजल्ट

२०८१ फागुन २३ गते

नेपाल माइक्रो इन्सुरेन्सको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाडौ । नेपाल माइक्रो इन्सुरेन्सको आइपीओ बाँडफाँट भएको छ । आज गोलाप्रथामार्फत गरिएको बाँडफाँटमा १ लाख ८४ हजार ५०० जना सर्वसाधारण आवेदकहरुले सेयर पाएका छन् । कुल आवेदनमध्ये १० हजार ३८६ जनाकोआवेदन रद्द भएको छ ।

बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार यो आइपीओमा कुल १८ लाख १७ हजार १४८ आवेदकले २ करोड २४ लाख ४६ हजार ३५० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए । आएपिओको नतिजा https://iporesult.cdsc.com.np/ मा गएर हेर्न सकिनेछ ।

Advertisement:

Ad
Ad