नेपाल जर्मन व्यवसायिक प्रतिनिधिहरू व्यवसायको  सम्भावना बुझ्न हम्बर्गको एयरबसमा

२०८२ असार ३० गते

नेपाल जर्मन व्यवसायिक प्रतिनिधिहरू व्यवसायको  सम्भावना बुझ्न हम्बर्गको एयरबसमा

काठमाडौ ।  जर्मन एशिया  प्रशान्त व्यवसायिक संघ र नेपाल जर्मन उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा  जर्मनको ह्याम्बर्गमा लगानीलाई सुदृढीकरणका लागि   एयरबस कार्यालयमा बैठक भएको छ।  जर्मन एशिया  प्रशान्त व्यवसायिक संघकका प्रमुख अल्मुट रोबनेरले नेपाली व्यवसायिक प्रतिनिधिहरूलाई थप व्यापार साझेदारीलाई नवीन तरीकाले अगाडी बढाउँदै लैजाने बताए ।

इनेस बुदारिक, दक्षिण एसिया, जर्मन एशियाका लागि क्षेत्रीय प्रबन्धकले नेपाल र जर्मनी दुई देश बीच व्यापारिक कारोबार बढाउनु पर्नेमा जोड दिए ।  जर्मनका राजदूत  डा सैल रुपाखेतीको प्रयासमा सम्पन्न बै्रठकमा उनले दुई देश बीच आर्थिक गतिविधिका साथै लगानी बढाउँन एक अर्काविच सहकार्य हुने पनि बताए । 

Advertisement:

Ad
Ad

उक्त बैठकमा १५० भन्दा बढी व्यवसायिक प्रतिनीधिले भाग लिएका थिए ।   नेपाल, जर्मन, चीन, भारत, पाकिस्तान र अन्य देशका प्रतिनीधिहरु उक्त बैठकमा पुगेका थिए । उक्त कार्यक्रममा विभिन्न देशका बियरहरू राखिएको थियो जसमा नेपालको बारसिंहे बियर उत्कृष्ट भएको थियो । जर्मनबाट नेपाल ले हेलिकप्टर आयात गरिरहेको छ। साथै नेपाली ईन्जिनियरले राम्रो काम गरिरहेको बारे एयरबस अधिकारीहरूले बताएका छन्।