नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर

२०८२ साउन ०९ गते

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर

काठमाडौ ।नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को लागि नेपालमा टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले विशेष अफर ल्याएको छ। अगस्ट ६ देखि १० तारिख सम्म भृकुटीमण्डपमा आयोजना हुने उक्त एस्क्पोमा युनाइटेड ट्रेडर्स सिन्डीकेटले टोयोटा मेगा अफर ल्याएको हो ।  

एक्स्पोमा टोयोटाको  यारिस क्रस हाइब्रिड इलेक्टिक, ल्याण्ड क्रुजर २५० प्रदर्शनमा राखिनेछन् । उक्त एक्स्पोमा टोयोटाको कुनै पनि बुकिंग गर्ने प्रत्येक ग्राहकले मेगा डिस्काउन्ट,प्ल्याटिनम कार्ड साथै एक्स्पोमा बुकिंग गरिएका सवारी साधनको लागि जीवनभर पिकअप तथा  ड्रप सुविधादिइने  युनाइटेड  ट्रेडर्सले जनाएको छ ।

Advertisement:

Ad
Ad


 स्टलमा आउने हरेक आगन्तुकले आकर्षक टोयोटा गिफ्ट ह्याम्पर प्राप्त गर्नसक्नेछन् । यो अफर नेपाल मोबिलिटी एक्स्पो २०२५ मा बुकिंग गर्ने ग्राहकहरुको लागि मात्रै उपलब्ध हुनेछ ।