मौद्रिक नीति आज सार्वजनिक नगरिने

२०८१ साउन ०४ गते

मौद्रिक नीति आज सार्वजनिक नगरिने

काठमाडौँ। चालु आर्थिक वर्षका लागि नेपालको केन्द्रिय बैंकले ल्याउने मौद्रिक नीति आज सार्वजनिक नहुने भएको छ। केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई मौद्रिक नीतिबारे ब्रिफिङ गर्नु परेका कारण आज मौद्रिक नीति सर्वाजनिक नहुने बताइएको छ ।

Advertisement:

Ad
Ad

नयाँ सरकार गठनपछि प्रधानमन्त्री बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व अर्थमन्त्री तथा गभर्नर डा. खतिवडालाई आफ्नो प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेका थिए । उनलाई मौद्रिक नीति ब्रिफिङ गर्नु परेकोले आज तय भएको मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम स्थागित भएको हो ।

मौद्रिक नीति सार्वजनिक गर्न आज बिहान सञ्चालक समितिको बैठक बोलाइएको थियो । तर सो बैठकमा राखिएको मौद्रिक नीतिको एजेण्डा भने हटाइएको स्रोतले बताएको छ ।