मतगणना अपडेटः रास्वपाको ११३ स्थानमा अग्रता, ३ स्थानमा जित, अरु  दलको कस्तो छ अवस्था

२०८२ फागुन २२ गते

मतगणना अपडेटः रास्वपाको ११३ स्थानमा अग्रता, ३ स्थानमा जित, अरु  दलको कस्तो छ अवस्था

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ११३ स्थानमा अग्रता कायमै राखेको छ । ३ स्थानमा जित हासिल गरिसकेको छ । प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको १६५ सिटका लागि भएको निर्वाचनमा ११३ स्थान रास्वपाले ओगटेको छ ।

 बाँकी अन्य दलले ओगटेका छन् । १३ स्थानमा कांग्रेसले अग्रता कायम गरेको छ भने २ स्थानमा जित हासिल गरिसकेको छ । यस्तै एमालेले १० स्थानमा अग्रता कायम गरेको छ । यस्तै नेकपाले एक स्थानमा विजय हासिल गरेको छ भने ७ स्थानमा अग्रता कायम गरेको छ । श्रम संस्कृति पार्टीले ६ स्थानमा अग्रता कायम गरेको छ ।

Advertisement:

Ad
Ad

यसैगरी राप्रपा, उनेपा, प्रलोपा, स्वतन्त्र र जसपा नेपालले एक/एक स्थानमा अग्रता कायम गरेको छ । यो शुक्रबार साँझ ८ बजेसम्मको विवरण हो ।