२०८२ कात्तिक २५ गते
काठमाडौं। अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । उनले २२ कात्तिकदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।
तीन दिनअघि नै रेग्मीले राजीनामा दिए पनि मंगलबारमात्रै राजीनामा पत्र बाहिरिएको छ ।गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले भारतबाहेक विभिन्न ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
तर, सर्वोच्च अदालतले १६ कात्तिकमा राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
फिर्ता बोलाइएका राजदुतहरु जिम्मेवारी नहुँदा परराष्ट्र मन्त्रालय जाँदै हाजिर गरी फर्किने गरेका थिए ।
प्रतिक्रिया