कति छ आज सुनको मूल्य ?

२०८१ माघ २८ गते

कति छ आज सुनको मूल्य ?

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १९ सय ७५ रुपैयाँ कायम भएको छ ।

Advertisement:

Ad
Ad