काङ्ग्रेस-एमाले नेतृत्वको सरकार पछि अर्थतन्त्रमा सकारात्मक सुधार भएको छ : महासचिव पोखरेल

२०८१ असोज ३० गते

काङ्ग्रेस-एमाले नेतृत्वको सरकार पछि अर्थतन्त्रमा सकारात्मक सुधार भएको छ : महासचिव  पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले काङ्ग्रेस एमाले नेतृत्व सरकार गठन भएसँगै अर्थतन्त्रमा सकारात्मक सुधार आएको बताएका छन् ।

तुलसीपुर १६ दाङमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले दलहरू धेरै हुँदा सरकार अस्थिर भएको भन्दै स्थिर सरकारका लागि दुई दलको मात्रै विकल्प रहेको बताए । उक्त भेला तुलसीपुर उपमहानगरपालिका वडा नम्बर(१६ वडा कमिटी अध्यक्ष प्रेमलाल खत्रीको अध्यक्षता एवम् महासचिव शङ्कर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

Advertisement:

Ad
Ad

प्रमुख अतिथि पोखरेलले विकासमा जनताको प्रत्यक्ष सहभागिता भएमात्रै दिगोपन आउने बताए । उनले तीनै तहका सरकारबीच समन्वय र सहकार्यबाट जनताले विकासको प्रत्यक्ष अनुभूति गर्न सक्ने बताए ।