नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने घट्यो

२०८२ भदौ ०९ गते

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौँ।  साताको दोस्रो कारोबार दिन नेप्से २१.३० अंकले उक्लँदै २७६१.२६ विन्दुमा पुगेको छ। सूचक बढेपनि कारोबार रकम भने घटेको छ। आइतबार करिब ६ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा सोमबार कुल कारोबार रकम ५ अर्ब ७५ करोड ३२ लाख रुपैयाँमा सीमित भएको छ।

यस दिन दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक र विकाश हाइड्रोपावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

Advertisement:

Ad

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको ७६ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।