२०८१ कात्तिक १४ गते
काठमाडौं । ज्योति विकास बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकहरूलाई दराजको ११।११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ।
यो योजना कार्तिक २६ गतेदेखि लागू हुनेछ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट मार्केटिङ तथा ब्रान्डिङ प्रमुख कुशल जंग अधिकारी र दराजको डिजिटल भुक्तानी र साझेदारी प्रमुख जोनम भूर्तेलले हस्ताक्षर गरेका हुन्।
ज्योति विकास बैंकमा खाता रहेका ग्राहकहरले दराजद्वारा ११।११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५५ र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २०५ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ। हालै बैंकले काठमाडौँस्थित Kids Kottage मा बैंकका ग्राहकहरूलाई १५ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। साथै, बैंकले"Tranquility Spa का देशभरका १७ वटै आउटलेटहरूमा ३० प्रतिशत तथा काठमाडौँस्थित Saaki Boutique मा २५५ र "Luga Suga "मा २२ प्रतिशतसम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ।
यसैगरी बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न ४७ वटा बेबी वार्मर उपकरणहरु उपलब्ध गराएको छ। यी उपकरणहरूबाट हरेक वर्ष करिब १७१५ भन्दा बढी शिशुहरूले लाभ लिँदै आएका छन्।
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
प्रतिक्रिया