प्रगतिशील अभियान घोषणा गर्दै जनार्दनले भने,'म आफू अध्यक्ष वा उपाध्यक्ष बन्ने लक्ष्यका लागि होइन'

२०८२ कात्तिक १८ गते

प्रगतिशील अभियान घोषणा गर्दै जनार्दनले भने,'म आफू अध्यक्ष वा उपाध्यक्ष बन्ने लक्ष्यका लागि होइन'

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) परित्याग गर्दै नयाँ अभियान घोषणा गरेका नेता जनार्दन शर्माले आफ्नो अभियान कुनै पद वा नेतृत्वको दाबीका लागि नभई राष्ट्र निर्माण र प्रगतिशील मूल्यको सुदृढीकरणका लागि भएको स्पष्ट पारेका छन्।

 

Advertisement:

Ad
Ad

मंगलबार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै  भने, ‘हामी समग्रमा प्रगतिशील अभियान चलाउँदै लोकतान्त्रिक र वामपन्थी मूल्य आत्मसात गर्ने प्रयास गर्दैछौं। राष्ट्रका पक्षमा स्वयंसेवा गर्न चाहने सबैसँग सहकार्य गरेर अघि बढ्नु हाम्रो नीति हो।’


उनका अनुसार यो अभियानलाई राष्ट्र निर्माणको अभियानका रूपमा रूपान्तरण गर्दै देशका प्रगतिशील, लोकतान्त्रिक र वामपन्थी शक्तिलाई एकजुट पार्ने उद्देश्य रहेको छ।

 

नेता शर्माले थपे, ‘हामी अध्यक्ष वा उपाध्यक्ष बन्ने लक्ष्यका लागि होइन, नयाँ पुस्तालाई नेतृत्वमा ल्याएर अनुभव बाँड्ने र मार्गनिर्देशन गर्ने उद्देश्यले अघि बढेका हौं। सहिद सन्तती र नयाँ पुस्ता नै अबको साँचो नेता हुन्।’


उनले पार्टी र आन्दोलनलाई नयाँ राजनीतिक कोर्षमा अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे।