२०८१ मंसिर २१ गते
काठमाडौँ। कार उत्पादक कम्पनी हुण्डाईको नयाँ कार 'सान्टा फे'ले '२०२५ कारवाउ अवार्ड्स'मा वर्षको उत्कृष्ट कारको उपाधि हात पारेको छ। यस एसयुभीले 'अनलाइन मार्केट प्लेसको' 'फ्यामिली मार्केट भ्यालु' को उपाधि पनि प्राप्त गरेको छ । यस्तै उक्त अवार्डमा हुन्डाईको अर्को कार 'आयोनिक ५ एन'को सफलता पनि जारी रह्यो किनकि यस कारलाई कारवाउले प्रविधिमा अग्रणी कारको उपाधि दिएको छ। हुण्डाई ब्रान्डको समग्र गुणस्तर र गहिराइलाई मध्यजरमा राखेर 'कारवाउ'ले कम्पनीलाई 'ब्रान्ड अफ द इयर' को उपाधि दिएको छ ।
कारवाउको पुरस्कारहरूका लागि सम्पादकीय टिमद्वारा कारको कार्यसम्पादन, मूल्य, आराम र व्यावहारिकताको आधारमा सयौं कारहरूमध्य शीर्ष कारमा 'सानटा फे'लाई छानेका थिए । अन्य सबै कारलाई पछि पारेर यसपालीको अवार्ड हुण्डाईको नव बजार प्रवेसी कार 'सानटा फे'ले जितेको छ। फोन कारवाउको वर्ष कार अतिरिक्त सेभेन सीटर कार र 'स्कटिश मोटरिङ्ग राइटर' संघको लार्ज आइसीई 'कार अफ द एयर'को उपाधि जितेको छ।
प्रतिक्रिया