काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड (HEI) ले आफ्ना शेयरधनीहरुलाई लाभांश दिनका निम्ति वार्षिक साधारण सभाको घोषणा गरेको छ । कम्पनिले सो साधारण सभामा आर्थिक वर्ष ७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८.६३ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थसहित ६.३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, विज्ञ स्वतन्त्र सञ्चालकको पदमा भएको नियुक्ति चार वर्षको लागि र रिक्त संस्थापक सञ्चालकको पदमा भएको नियुक्ति बाँकी अवधिको लागि अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ १४ गते बुकक्लोज गर्ने भएको छ।
कम्पनीको तीसौँ वार्षिक साधारण सभा माघ २५ गते, बिहीबार, बानेश्वर ब्याङ्कवेट, थापागाउँ, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ ।
प्रतिक्रिया