हवाई उडान भर्ने यात्रुको संख्या तीन महिनामै ११ प्रतिशतले बढ्यो, कुन एअरलाइन्समा कति ?

२०८१ वैशाख १३ गते

हवाई उडान भर्ने यात्रुको संख्या तीन महिनामै ११ प्रतिशतले बढ्यो, कुन एअरलाइन्समा कति ?

काठमाडौं । सडकसञ्जाल अस्तव्यस्त भएपछि हवाई उडानमा यात्रा गर्ने यात्रुको संख्या बढ्न थालेको छ । सन् २०२४ को पहिलो तीन महिनामै आन्तरिक हवाई यात्रुको संख्या ११ प्रतिशतले बढेको देखिएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले दिएको तथ्यांकअनुसार आन्तरिक हवाई यात्रुको संख्या बढेको देखिएको छ।सन् २०२४ को पहिलो ३ महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै १० लाख २० हजार ७ सय ७६ जनाले आन्तरिक हवाई यात्रा गरेका छन्। यो संख्या २०२३ को सोही अवधिको तुलनामा बढी हो।

Advertisement:

Ad
Ad

सन् २०२३ को जनवरीदेखि फेब्रुअरीसम्म कुल ९ लाख १७ हजार १ सय ७७ जना यात्रुले आन्तरिक हवाई यात्रा गरेका थियो। यात्रु संख्या २०२३ को ३ महिनाको तुलनामा २०२४ को ३ महिनामा ११ प्रतिशतले बढेको हो।

वायुसेवा कम्पनीहरूका अनुसार अप्रिलमा आन्तरिक हवाई यात्रुको संख्यामा नयाँ रेकर्ड कायम हुने छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडानमा ९० प्रतिशतभन्दा बढी अकुपेन्सी छ।

अहिले बुद्ध एयरले दैनिक ९ हजारभन्दा बढी यात्रु बोकिरहेको छ। बुद्धको कुनै दिन १० हजारसम्म यात्रु पुगेका छन्। बुद्धले सरदर ९५ सयको हाराहारीमा यात्रु बोकिरहेको छ। यसैगरी यतिले पनि दैनिक ३५ सय भन्दा बढी यात्रु बोकिरहेको छ। श्री एयरले पनि दैनिक २ हजारको संख्यामा यात्रु बोकिरहेको छ।

कुन एयरलाइन्सको यात्रु कति ?

सन् २०२४ को तीन महिनामा सबैभन्दा बढी यात्रु बुद्धले बोकेको छ। बुद्धले तीन महिनामा ६ लाख ४८ हजार २ सय ६५ यात्रुलाई सेवा दिएको छ। यो संख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक हवाई यात्रा गर्ने यात्रुको ६३.५० प्रतिशत हो।

यसैगरी यतीले १ लाख ९३ हजार ९ सय ७ जनालाई आन्तरिक हवाई सेवा दिएको छ। साथै श्रीले १ लाख २८ हजार ४ सय ४९ र सौर्यले २५ हजार ७ सय २० जनालाई सेवा दिएको छ।