२०८२ जेठ ०५ गते
काठमाडौँ । नेपालमा हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाई इलेक्ट्रिक सवारी साधनहरूमा आकर्षक प्रि-बजेट अफर ल्याएको छ । यो अफर सिमित समयको लालि २०८२ जेठ ५ गतेदेखि जेठ १४ गतेसम्म लागू हुने छ।
अफरले ग्राहकहरूलाई हुन्डाई कोना इलेक्ट्रिक, पुरस्कार विजेता आइओएनआइरयू ५ र क्रेटा ईभीमा लागू गरिएको छ । यो अफर नेपाली उपभोक्ताहरूको बीचमा विद्युतीय सवारी साधनको पहुँचलाई बढाउन डिजाइन गरिएको हो । यस योजना अन्तर्गत, नयाँ हुण्डाई कोना इलेक्ट्रिक, आइओएन आइरयू ५ र क्रेटा इभीखरिद गर्ने ग्राहकहरूलेप्रोत्साहनस्वरूप लाभ उठाउनेछन। प्रि-बजेट छुट योजनाको मुख्य विशेषताहरुमा निःशुल्क बीमा रहेको छ, जसमा ग्राहकहरूले आफ्नो नयाँ हुन्डाई इभीको लागि निःशुल्क बीमा कभरेज प्राप्त गर्नेछन्।
साथै यस अफरमा ग्राहकहरूले सडक कर समेत निःशुलक पाउनेछन् । यो प्रि(बजेट योजना ग्राहकहरूलाई विशेष अफरसहितको सुबिधादिने एक सकृय पहल भएको कम्पनीको दाबी छ । हुन्डाईको विद्युतीय सवारी साधनको क्रान्तिमा सामेल हुने, आकर्षक छुट र अन्य अफरको फाइदा उठाउन यो महत्वपूर्ण अवसरको सदुपयोग गर्न कम्पनीको आग्रह छ ।
लक्ष्मी हुन्डाईले रिल्याक्स् चार्जिङ नेटवर्क बिस्तार गरेर ईभी इकोसिस्टमलाई अझ बलियो बनाएको छ, हाल यसका ६६ सक्रिय चार्जर स्टेसन रहेका छन् ।
प्रतिक्रिया