गुण्डा नाइके चक्रे मिलन धरौटीमा रिहा गर्न अदालतको आदेश

२०८२ साउन ३० गते

गुण्डा नाइके चक्रे मिलन धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ ।  गुण्डा नाइके चक्रे मिलनलाई १ लाख १० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । २०८१ भदौ १० मा दिव्यश्वरी टाउन प्लानिङ स्थित बड्डाको तावामा उनको योजनामा मनिष रायमाझीमाथि खुकुरी प्रहार भएको आरोप थियो ।

 

Advertisement:

Ad
Ad

त्यसबेला सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ४ घर भएका २५ वर्षीय खवास गत वर्ष पक्राउ परेर छुटेका थिए । चक्रेको वतन नखुलेपछि मुद्दा विचाराधीन थियो । हाल वतन खुलेपछि बयान लिएर अनुसन्धान प्रतिवेदन पेस गरिएको थियो ।

 

साउन १५ मा जन्मदिन मनाउँदा महाराजगञ्ज स्थित साम्बाला होटलबाट पक्राउ परेका चक्रे काठमाडौँ जिल्ला अदालतबाट ३० हजार धरौटीमा छुटेका थिए ।

 

उनलाई काठमाडौँ प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको थियो । लगत्तै उनलाई त्यहाँबाट पक्राउ गरेर भक्तपुर लगिएको थियो।