गृहमन्त्री लामिछानेलाई कारबाहीको माग गर्दै सरकारविरुद्ध कांग्रेसको प्रदर्शन (तस्बिरहरु)

२०८१ जेठ १३ गते

गृहमन्त्री लामिछानेलाई कारबाहीको माग गर्दै सरकारविरुद्ध कांग्रेसको प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । सरकारविरुद्ध नेपाली कांग्रेसले प्रदर्शन गरेको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न माग गर्दै नेपाली कांग्रेसले काठमाडौँमा विरोध प्रदर्शन गरेको हो ।

Advertisement:

Ad
Ad

संसदीय छानबिन समिति गठनको माग राख्दै कांग्रेसले काठमाडौंको प्रदर्शनीमार्गस्थित सडकमा प्रदर्शन गरेको हो ।कांग्रेसले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समिति गठनको माग राखेको छ । त्यस्तै, गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दा कांग्रेस नेताहरुमाथि विभिन्न आरोप लगाएको भन्दै ती विषयमा छानबिन गर्न पनि माग गरेको छ ।

प्रदर्शनमा कांग्रेस महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौला,विश्वप्रकाश शर्मा, रमेश लेखक लगायतका नेताहरु पनि सहभागी भएका छन् ।