गोरखाको शहीद लखन गाउँपालिकाको वडानम्बर ७ पालिकाकै उत्कृष्ट वडा

२०८१ वैशाख १६ गते

गोरखाको शहीद लखन गाउँपालिकाको वडानम्बर ७ पालिकाकै उत्कृष्ट वडा

गोरखा । शहीद लखन गाउँपालिकाको वडानम्बर ७ पालिकाकै उत्कृष्ट वडा बनेको छ । विभिन्न मापदण्डलाई आधार मानेर पालिकाले गरेको आन्तरिक स्वःमूल्याकंनको आधारमा उक्त वडा उत्कृष्ट बनेको हो ।पालिकाले विभिन्न मापदण्ड बनाएर यो वर्षबाट वडाहरुको कामको मूल्याकंन सुरु गरेको हो ।

योजना छनोट, योजना सम्झौता, योजना रकमान्तर, भुक्तानी, सेवा प्रवाह, राजस्व संकलन, बेरुजु, सुशासनलगायतका मापदण्ड तयार गरिएको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए । ‘लिजाको जस्तै मापदण्ड बनाएका छौ,’ उनले भने, ‘सोही मापदण्ड अनुसार वडाले गरेको कार्यसम्पादनको आधारमा अंकभार प्रदान गर्छौं ।’

Advertisement:

Ad
Ad

काम गर्ने जोश जागर बढाउँदै वडाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उदेश्यले यो कार्यक्रम संचालन गरिएको उनले बताए ।

आगामी वर्षहरुमा पनि यो कार्यक्रमले निरन्तरता पाउने उनको भनाइ छ । ‘हामी समीक्षा बैठक बसेर मूल्याकंनका केही इण्डिकेटरहरुलाई पुनः मूल्याकंन पनि गर्न सक्छौं,’ उनले भने ।

यो कार्यक्रमले वडाहरुलाई कार्यसम्पादनमा थप हौसला प्रदान हुने उनको अपेक्षा छ ।