सुनचाँदीको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार?

२०८२ कात्तिक २८ गते

सुनचाँदीको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन ५ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ५०  हजार २ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ४९  हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

Advertisement:

Ad

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ६० रुपैयाँले घटेको हो । बिहीबार ३ हजार ३ सय ४५ रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार २ सय ८५ रुपैयाँमा कारोवार भइरहेको छ ।