सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

२०८२ कात्तिक २६ गते

सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन २ हजार १ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ४६  हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ४४  हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

Advertisement:

Ad

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो । मंगलबार ३ हजार १ सय ७० रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार १ सय ७५ रुपैयाँमा कारोवार भइरहेको छ ।

०००००००००००