२०८१ कात्तिक ०२ गते
काठमाडौ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार असोजमा घरजग्गा कारोबारबाट ३ अर्ब ८१ करोड २४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यस्तो राजस्व संकलन गत वर्ष असोजमा ४ अर्ब ८६ करोड ६२ लाख रुपैयाँ संकलन भएको थियो । तथ्यांक अनुसार असोजमा देशभरिमा ३० हजार ५ सय २७ वटा घरजग्गाको किनबेच भएको छ । यस्तो किनबेच गत वर्ष २०८० को असोजको तुलनामा २४ प्रतिशत कम हो । यस्तो कारोबार भदौमा ३२ हजार ७ सय ९८ रहेको छ भने साउनमा ४३ हजार ८ सय थियो । सरकारले घरजग्गा कारोबार बढाएर अर्थतन्त्र चलायमान गर्ने नीति लिएको भएपनि चालु आर्थिक वर्षको तिन महिनासम्ममा पनि घरजग्गा कारोबार बढ्न सकेको छैन ।
प्रतिक्रिया