२०८१ कात्तिक १५ गते
काठमाडौं । निलम्बनमा परेको थाइ एअर एसियाको उडान अनुमति खुला भएको छ । जहाज कम्पनीले नियमित रुपमा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने प्रतिवद्धता जनाएपछि नागरिक उड्डययन प्राधिकरणले निलम्बन फुकुवा गरेको हो ।
आगामी आइतबार १८ कात्तिकबाट साताको २ वटा उडान भैरहवामा गर्ने शर्तमा काठमाडौं विमानस्थलमासमेत उडान गर्न पाउने गरी प्रतिवन्ध फुकुवा गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । प्राधिकरणले गत आइतबार (११ कात्तिक)देखि सुरु भएको विन्टर सिजनको लागि अनुमति नै नलिइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको थाइ एयर एसियाको उडान अनुमति निलम्बन गरेको थियो ।
क्यानका अनुसार भैरहवाको उडान गरेकै दिन काठमाडौं पनि उडान भर्न पाउने सम्झौता अनुरुप निलमबन फुकुवा गरिएको हो । प्राधिकरणले थाइ एयर एसियाको विन्टर सेड्युलसमते बुधबार मात्रै स्वीकृत गरेको छ । यस्तो सेड्युल ३ नोभेम्बरबाट ३१ मार्चसम्म लागू हुने पनि प्राधिकरणको भनाइ छ ।
यो वायुसेवाको जनरल सेल्स एजेन्ट्स (जीएसए) कम्पनी युनिभर्सल ट्राभले गल्ती कमजोरी भएको भन्दै माफि मागेको र दोहोर्याएर यस्तो गल्ती नगर्ने बचन वद्धता समेत पेश गरेको उल्लेख छ ।
प्रतिक्रिया