गरिमा विकास बैंकको ५ लाख ३३ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा ४ लाख २५ हजारभन्दा बढी सर्वसाधारणले खरीद गर्न पाउने

२०८१ असोज ०८ गते

गरिमा विकास बैंकको ५ लाख ३३ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा ४ लाख २५ हजारभन्दा बढी सर्वसाधारणले खरीद गर्न पाउने

काठमाडौं । मंगलवार गरिमा विकास बैंक लिमिटेडले ५ लाख ३३ हजार २८६ दशमलव ९९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । ४ लाख २५ हजार १५६ दशमलव ६७ कित्ता अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी र १ लाख ८ हजार १३० दशमलव ३२ कित्ता विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा आएको हो ।

विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा आएको शेयरका लागि आगामी ३५ दिनभित्र र अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी आएको शेयर खरीदका लागि आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । कम्पनीले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र प्राथमिकतामा राखेर विक्री खुला गर्दा वितरण हुन नसकेको४ लाख २५ हजार १५६ दशमलव ६७ कित्ता शेयर दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री खुला गरेको हो ।

Advertisement:

Ad
Ad

विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्रीमा ल्याइएको यी शेयर तोकिएको अवधिभित्र विक्री नभएमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाका लागि विक्री गरिने जानकारी कम्पनीले दिएको छ । दुबै तर्फको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति कित्ता कति मूल्यमा खरीद गर्न चाहेको हो सो समेत खुलाई आवेदन पेश गर्नुपर्नेछ ।