गार्डियन माइक्रोलाइफका सेयरधनीको सम्पत्ति ९ दिनमै डब्बल

२०८१ फागुन ०६ गते

गार्डियन माइक्रोलाइफका सेयरधनीको सम्पत्ति ९ दिनमै डब्बल

काठमाडौ । गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको सेयरधनीको सम्पत्ति ९ दिनमै दोब्बर भएको छ । माघ २७ (आइतबार) बाट यसको दोस्रो बजारमा सेयर कारोबार शुरु भएको हो । सर्वसाधारणमा जारी गरेको गार्डियनको सेयर ३०१ रुपैयाँ प्रतिकित्ताका दरले कारोबार भएको थियो । त्यसको ९ दिनसम्म आइपुग्दा यसको सेयर मूल्य लगातार बढेर ६४४.९० रुपैयाँ पुगेको छ ।

Advertisement:

Ad
Ad

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले आइपिओ बिक्रि गरेको थियो । नेप्सेले गार्डियन माइक्रो लाइफलाई पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १००.३४ रुपैयाँदेखि अधिकतममा ३०१.०२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो । यसको २२ लाख ५० हजार कित्ता सर्वसाधारणको रहेको छ भने ५२ लाख ५० हजार कित्ता संस्थापक सेयर रहेको छ ।