२०८० पुस २४ गते
जनकपुरधाम । मधेश प्रदेशका लघुवित्त पीडितहरूले ९ बुँदे माग गर्दै आज जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।
लघुवित्तीय संस्था विरुद्धको सङ्घर्ष समिति नेपाल मधेश प्रदेशले प्रदर्शन गरेका हुन । उनीहरूले नगरको विभिन्न चौकमा प्लेकार्ड ब्यानर सहित नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा सहितका अन्य माग्दै प्रदर्शन गरेका हुन् । जनकपुरधाम उपमहानगरको परिक्रमा गर्दै नेपाल राष्ट्र बैङ्कको मुरली चौधमा रहेको मधेस प्रदेश कार्यालय अगाडि केहीबेर प्रदर्शन गरेका थिए ।
पीडितहरूले नव सामन्तीको रुपमा स्थापित लघुवित्त तथा वित्तीय संस्थाहरू खारेज गर्नुपर्ने, लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था गर्नुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने, जनपक्षिय मौद्रिक नीति कायम गर्नुपर्ने माग गरेका हुन् ।
उनीहरूले कालोसूची तथा धितो लिलाम फुकुवा गर्नुपर्ने, भूमिहीन तथा वित्तीय शोषणका पीडितहरूलाई मुआब्जाको व्यवस्था गर्नुपर्ने र प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुखको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।
मधेस प्रदेशको विभिन्न जिल्लाबाट आएका प्रदर्शनकारीहरूमा धेरै सङ्ख्यामा महिलाहरू बढी मात्रामा सहभागी रहेका थिए । लघु वित्तका नाउँमा धेरै बचत कर्ताहरूको बचत रकम हिनामिना भएपछि निक्कै पीडित हुनु परेको छ ।
निक्कै मेहनत गरेर कमाएको रकम लघुवित्तका सञ्चालक एवं व्यवस्थापकहरूले हिनामिना गरेको कारणले देश भरिका नै बचतकर्ताहरू निकै मात्रामा पीडित भएका छन् ।
प्रतिक्रिया