एमाले महाधिवेशन मतदान गर्न नेता कार्यकर्ता लाइनमा

२०८२ पुस ०२ गते

एमाले महाधिवेशन मतदान गर्न नेता कार्यकर्ता लाइनमा

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि मतदान गर्न नेता कार्यकर्ता लाइन लागेका छन् । मतदान बिहान ८ बजेदेखि सुरु हुने बताइए पनि केही ढिलाइ भएको छ । 

यसअघि मङ्गलवार नै मतदान गर्ने कार्यतालिका रहे पनि  प्राविधिक समस्याका कारण आज मात्र मतदान हुन लागेको हो । मङ्गलवार साँझ मतदाताहरू मतदान हुने आशामा लाइनमै बसे पनि राति ८ बजे भोलि मतदान हुने भन्दै फर्काइएको थियो । 

Advertisement:

Ad
Ad

निर्वाचन आयोगले तयार पारेको उम्मेदवार नामावलीमा युनिकोड र प्रिति फन्ट मिश्रित रूपमा प्रयोग हुँदा समस्या देखिएपछि उक्त समस्या समाधान गरेर आज मतदान हुन लागेको हो । 

नेकपा एमालेमा अध्यक्षका प्रत्यासीका रुपमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलनै बनाएर मैदानमा उत्रिएका छन् ।