एक जना मन्त्री पनि उपस्थित नभएपछि संसदको बैठक स्थगित

२०८१ असार १७ गते

एक जना मन्त्री पनि उपस्थित नभएपछि संसदको बैठक स्थगित

काठमाडौं । एक जना मन्त्री पनि उपस्थित नभएपछि प्रतिनिधिसभाको बैठक सुरू हुनासाथ स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नासाथ कांग्रेसका सांसद रामकृष्ण यादवले मन्त्रिपरिषद्को एकजना सदस्य अर्थात एक जना मन्त्री पनि बैठकमा उपस्थित नभएको भन्दै ध्यानाकर्षण गराएपछि बैठक स्थगित भएको हो ।

Advertisement:

Ad
Ad

सांसद यादवको ध्यानाकर्षणपछि आजै बस्नेगरी सभामुखले १५ मिनेटका लागि स्थगित गरे । आज सदनमा अधिकांश कुर्सि पनि रित्ता छन् ।