२०८१ चैत २९ गते
काठमाडौँ । राजावादी अभियन्ता तथा तीनकुने प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंले आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । नेपाल प्रहरीको अनुरोधमा आसाम प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा आफैँ उपस्थित भएर आत्मसमर्पण गरेका हुन् । उनलाई आज नेपाल ल्याइँदै छ ।
प्रसाइँको सचिवालयद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, 'अहिले २ घण्टा अगाडी हाम्रा अभियानका संयोजक दुर्गा प्रसाईंलेले आफ्नो सुरक्षाको लागि आफै भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ ।'
यसअघि बुधबार प्रसाइँले एक भिडियो सन्देश सार्वजनिक गर्दै आफ्नो ज्यानको सुरक्षा हुने भए आफू सार्वजनिक हुन तयार रहेको बताएका थिए ।बिहीबार उनी आफैँ आसाम प्रहरी समक्ष उपस्थित भएर आत्मसमर्पण गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
यता नेपाल प्रहरीले भने एक विज्ञप्ति जारी गर्दै दुर्गा प्रसाइँ प्रहरीको पक्राउमा नपरेको स्पष्ट पारेको छ । विज्ञप्तिमा विभिन्न सञ्चार माध्यममा दुर्गा प्रसाइँ पक्राउ भन्ने समाचारहरु आएका छन् ती निराधार हुन् ।
प्रतिक्रिया