२०८१ कात्तिक ३० गते
काठमाडौ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजल र मिट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । इण्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि गरेर नयाँ मूल्यसूची नेपाललाई पठाएकाले मूल्य वृद्धि गरेको निगमले जनाएको छ । भारतबाट पेट्रोलमा प्रतिलिटर ०.३२ र डिजेलरमट्टितेलमा २.५४ रुपैयाँले मूल्य पठाएर आइओसीले नयाँ मूल्यसुचि पठाएको थियो । बढेको मूल्य अनुसार पहिलो वर्गमा १५०.५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ प्रतिलिटर भएको निगमले जनाएको छ । पेट्रोलको मूल्य भने बढाइएको छैन।

प्रतिक्रिया