२०८२ माघ ०७ गते
अमेरिकाले ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। मंगलबार अपराह्न करिब साढे ५ बजे चाटर्ड विमानमार्फत उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्।
अध्यागमन विभागका प्रवक्ता अनुसार डिपोर्ट हुनेमध्ये ७९ जना पुरुष र एक जना महिला छन्। आवश्यक कागजात नपुगेका, गैरकानुनी रूपमा अमेरिका बसेका तथा अमेरिकी अध्यागमन कानुन उल्लंघन गरेका नेपाली नागरिकलाई फिर्ता पठाइएको हो।
स्वदेश फर्काइएका सबै नागरिकलाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाएर सोधपुछ गरिएको थियो। सोधपुछपछि उनीहरूलाई परिवारको जिम्मा लगाइएको छ। साथै, कसैले गैरकानुनी रूपमा अमेरिका पठाएको भए उजुरी दिनसमेत ब्युरोले आग्रह गरेको छ।
यसअघि पनि अमेरिकाले विभिन्न चरणमा नेपाली नागरिकलाई डिपोर्ट गर्दै आएको छ।
प्रतिक्रिया