डेढ करोड भन्दा बढीले गरे हवाई यात्रा, कुन विमानस्थलबाट कति जनाले गरे यात्रा ?

२०८१ पुस १७ गते

डेढ करोड भन्दा बढीले गरे हवाई यात्रा, कुन विमानस्थलबाट कति जनाले गरे यात्रा ?

काठमाडौ । सन् २०२४ को ११ महिनामा १ करोड ६२ लाखले हवाइ यात्रा गरेका छन् । यसमा ४४ लाख ४५ हजार यात्रुले अन्र्तराष्ट्रिय उडान गरेको नेपाल नागरिक उड्ययन प्राधिकरणको रिपोर्टले देखाएको छ । सञ्चालनमा रहेको ३३ विमानस्थलमध्ये अधिकांशको रोजाइ त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल देखिएको छ । यस विमानस्थलबाट आन्तरिक तर्फ ७४ लाख ३६५ जनाले यात्रा गरेका छन् ।

गत वर्ष (२०२३ नोभेम्बरसम्म) ४३ लाख २९ हजार ४ सय जनाले अन्र्तराष्ट्रिय उडान गरेका थिए भने ४३ लाख २५ हजार जनाले आन्तरिक उडान गरेका थिए । यस्तै गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलबाट ५ लाख ५० हजार यात्रुले हवाइयात्रा गरेका छन् । पोखरा विमानस्थलकबाट ९ लाख ३० हजार, नेपालगंज विमानस्थलबाट ४ लाख ५९ हजार, विराटनगर विमानस्सथलबाट ६ लाख ११ हजार जनाले यात्रा गरेका छन् ।

Advertisement:

Ad
Ad

कुन विमानस्थलबाट कतिले गरे यात्रा ?

नेपालबाट १६ देशका २९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको क्यानले बताएको छ । आन्तरिकतर्फ सञ्चालन अनुमति प्राप्त २१ वटा वायुसेवामध्ये हाल क्रियाशिल वायुसेवा कम्पनीहरुको संख्या १९ रहेको क्यानमा महानिर्देशक प्रदीप अधिकारीले बताए ।नेपालमा बनेको ५५ बटा विमानस्थलमध्ये ३५ वटा विमानस्थलबाट उडान अवतरण हुन्छ ।