चेम्बरको रोजगारदाता परिषदको सह–सयोजकमा व्यवसायी मोहन कटुवाल मनोनित

२०८१ असार ०४ गते

चेम्बरको रोजगारदाता परिषदको सह–सयोजकमा व्यवसायी मोहन कटुवाल मनोनित

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको रोजगारदाता परिषदको सह–सयोजकमा व्यवसायी मोहन कटुवाललाई मनोनित गरिएको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले एक समारोहवीच मनोनयनपत्र हस्तान्तरण गरे । सो अवसरमा उनले चेम्बरको अभियानमा महत्वपूर्ण भुमिका सहितको सहयोग सद्भाव र सुझाब प्राप्त हुने बिस्वास राख्दै सफल कार्यकालको शुभकामना दिए ।

Advertisement:

Ad
Ad

मनोनयपत्र ग्रहणपछि कटुवालले हाल देशमा आर्थिक मन्दिका कारण सकटमा परेका उध्योगी ब्यवसायीहरुको हित हुने गरी सहज औद्योगिक बाताबरण निर्माण गर्न, असल श्रम सम्बन्ध स्थापित गर्न, रोजगारी सृजना गर्न रोजगारदाता परिषदमा रहेर सकृय भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।

कटुवाल ग्रील तथा स्टील ब्यवसायी महासघका निबर्तमान अध्यक्ष, नेपाल घरेलु तथा साना उध्योग महासघका बस्तुगत उपाध्यक्ष एवं सिटिइभिटीमा सेक्ट सेक्टर कमिटिका सदस्य समेत हुन् ।