२०८२ असार १७ गते
काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले चालु आर्थिक वर्ष २०८१र८२ को साढे ६ महिनाको अवधिमा करिब साढे ७ अर्ब रुपैयाँको व्यापार गरेको छ । बुध्द एयरले ६ महिनाको अवधिमा ७ अर्ब ४१ करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले जनाएको छ ।
यो वायुसेवा कम्पनीले सन् २०२४ को जुलाइ मध्ये अर्थात असार मसान्तदेखि जनवारी अन्तिम ९माघ १५० सम्मको साढे ६ महिनामा उक्त व्यापार गरेको उल्लेख छ । कम्पनीले २०२४ को एक वर्षमा १३ अर्ब २२ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२३ मा १२ अर्ब १६ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा १० अर्ब ९ करोड ८० लाख रुपैयाँ र सन् २०२१ मा ३ अर्ब ३३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीको व्यापार सन् २०२४ मा ९ प्रतिशतले बढेको जनाएको छ । उक्त व्यापार हालसम्मकै उच्च हो । कम्पनीले हालै मात्र नयाँ एयरक्राफ्ट थप गरी उडान भरिरहेको छ । त्यसैगरी चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १५ प्रतिशतले बढेको उल्लेख गरेको छ ।
सन् १९९६ मा आन्तरिक हवाई उडानको सेवा सुरु गरेको कम्पनीले आन्तरिकसँगै भारतको कोलकत्ता पनि उडान सेवा दिँदै आएको छ । बुद्ध एयर नेपालको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो उडान सेवा दिने निजी वायुसेवा कम्पनी हो । कम्पनीले हाल दुई वटा एटीआर ४२ र सिक्सिटन एटीआर ४२ एयरक्राफ्ट सहित १८ वटा जहाजबाट सेवा दिँदै आएको छ ।
प्रतिक्रिया