बुटवल-भैरहवामा हुन्डाईको नयाँ क्रेटा इभी सार्वजनिक, ३० भन्दा बढी युनिट बुकिङ

२०८२ जेठ ०१ गते

बुटवल-भैरहवामा हुन्डाईको नयाँ क्रेटा इभी सार्वजनिक, ३० भन्दा बढी युनिट बुकिङ

काठमाडौं । नेपालमा ह्युण्डाई गाडीको एक मात्र आधिकारिक विक्रेता कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले बुटवल–भैरहवा क्षेत्रमा नयाँ क्रेटा इभी सार्वजनिक गर्दै विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रममा अहिले सम्मकै व्यापक सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले दाबी गरेको छ ।

कम्पनीका अनुसार, क्रेटा इभीको सार्वजनिक प्रदर्शनसँगै हुन्डाईले विद्युतीय सवारीबारे रहेका आम दुविधा हटाउने प्रयास गरेको छ। विशेषगरी स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क तथा दीर्घकालीन सपोर्ट सम्बन्धी चिन्तालाई समाधान गर्ने हेतुले कम्पनीले क्रेटा इभी र आइसीइ दुवै मोडल एउटै प्लेटफर्ममा उत्पादन गरिरहेको जानकारी दिएको छ।

Advertisement:

Ad
Ad


त्यस्तै, हुन्डाई नेपालले विद्युतीय सवारी प्रयोगकर्ताको सहजताका लागि रिल्याक्स् चार्जिङ नेटवर्क पनि देशभर विस्तार गरिरहेको छ। हालसम्म ६६ वटा एसी तथा डीसी चार्जर सुचारु भइसकेको कम्पनीले जनाएको छ।

यस विशेष अन्तरक्रिया कार्यक्रममा ग्राहकहरूलाई क्रेटा इभी सहित हुन्डाईका अन्य नयाँ मोडलहरू पनि अवलोकन गराइएको थियो। सहभागिता उल्लेखनीय मात्रामा रहँदा, कार्यक्रममै ३० भन्दा बढी युनिट क्रेटा इभीको बुकिङ कन्फर्म गरिएको थियो।

यसमध्ये १० वटा युनिट सोही दिन ग्राहकहरूलाई हस्तान्तरण पनि गरिएको छ।कार्यक्रममा ग्राहकहरूको उल्लेखनीय सहभागिताका साथै हुन्डाई ब्रान्डप्रतिको विश्वास झल्किएको थियो । कम्पनीले हालै क्रेटा इभि ल्याएर विद्युतीय सवारीबारे रहेको द्विविधालाई स्पष्ट पार्ने प्रयास गरेको बताएको छ । क्रेटा इभीर पेट्रोल संस्करण एउटै प्लेटफर्ममा आधारित भएकाले सेवापछि समस्या नहुने कम्पनीको दाबी छ ।

हुन्डाईले विद्युतीय सवारीको सञ्जाल विस्तार गर्ने उद्देश्यले देशभर ६६ स्थानमा डीसी र एसी चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको जानकारी दिएको छ । सोही सन्देशलाई फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली विभिन्न सहरमा प्रत्यक्ष अन्तरक्रियामा जुटेको छ ।

कार्यक्रममा हुन्डाईका अन्य नयाँ मोडेलहरू पनि प्रदर्शनमा राखिएका थिए । बुटवलको सिद्धिविनायक मोटोकर्प र भैरहवाको जगत मोटर्सको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा सहभागी सबैप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।