२०८१ फागुन ०६ गते
काठमाडौ । भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल छात्राबासमा मृत भेटिएको र अन्य नेपाली विद्यार्थीहरुमाथि कुटपिट भएको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । प्रकृति लम्सालाई न्याय दे, विद्यार्थीमाथि भइरकेको दमन बन्द गरलगायतका प्ले कार्ड बोकेर प्रदर्शन भएको हो ।
आइतबार साँझ रूपन्देही सिद्धार्थनगर वडा नम्बर ८ कि २० वर्षीया प्रकृति लम्साल कलेजको होस्टलमा मृत भेटिएकी थिइन्। उनी केआइआइटीमा बिटेक तेस्रो वर्षमा अध्ययनरत थिइन्।





प्रतिक्रिया