बर्षमानले बढाएको सुनको भन्सारदर विष्णु पौडेलले घटाइदिए

२०८१ मंसिर ०९ गते

बर्षमानले बढाएको सुनको भन्सारदर विष्णु पौडेलले घटाइदिए

काठमाडौ । सरकारले सुनको भन्सारदर घटाएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार भन्सारदर २० प्रतिशतबाट १० प्रतिशतमा झारिएको छ । यस्तै चाँदीको पनि १५ प्रतिशतबाट १० प्रतिशतमा झारिएको छ । चालु आर्थिक वर्षको बजेट ल्याएका अर्थमन्त्री वर्षमान पुनले बढाएको सुनको भन्सारदर अर्थमन्त्री विष्णु पौडेलले घटाएका हुन् ।

भारतमा भन्सारदर सस्तो हुँदा तस्करी मौलाउँने डरले नेपालमा पनि सरकारले भन्सारदर घटाएको अर्थमन्त्रालय स्रोतले बताएको छ । भन्सारदर घटेपनि सुन केही सस्तो पर्न जान्छ । व्यवसायीहरु दैनिक २० किलो सुन खपत हुने बताउँदै आएका छन् । बैधानिक च्यानलबाट न्युन सुन आएपनि हालसम्म सुनको अभाव भएको छैन । यसले तस्करी बढेको आशंका गरिएको छ ।

Advertisement:

Ad
Ad