२०८२ वैशाख ०२ गते
काठमाडौ । चालु आर्थिक वर्ष (२०८१/८२) सकिन अब ३ महिना बाँकी छ । अर्थमन्त्रालयले आगामी आर्थिक वर्ष (२०८२/०८३) को बजेट बनाउँने प्रक्रिया समेत शुरु गरिसकेको छ । यता चालु आवमै बिनियोजित गरेको बजेट खर्च गर्न नसकेका वा कामै अगाडी नबढाएका आयोजनाको बजेट अर्थमन्त्रालयले धमाधम तानेर अर्को काम भइरहेको आयोजनामा हालिरहेको छ ।
अर्थमन्त्रालयले फागुनमा मात्र ५८ वटा आयोजना तथा कार्यक्रमको बजेट तानेर अन्य आयोजनामा रकमान्तर गरेको छ । यसरी फागुनमा ३ अर्ब २८ करोड ९० लाख ५१ हजार रुपैयाँ बजेट रकमान्तर गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालय अन्तर्गका आयोजनमा सबैभन्दा बढी रकमान्तर भएको छ ।
एक करोड रुपैयाँभन्दा बढी रकम एउटा उपशीर्षकबाट अर्कोमा सारिएको यस्तो रकम फागुन महिनामा सबैभन्दा धेरै भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयमा नै गएको छ ।नेपाल पानी जहाज कार्यालयलाई छुट्याइको रकममध्ये ६ करोड रुपैयाँ हुलाकी राजमार्गलाई रकमान्तर गरिएको छ ।यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य क्षेत्र सुधारको कार्यक्रमको ४३ करोड २२ लाख रुपैयाँ भन्दा बढी रकम रकमान्तर भएको छ । यस्तै २ अर्ब ३८ करोड रुपैयाँ थप रकम ४६ वटा आयोजनालाई निकासा भएको छ । अर्थमन्त्रालयले फागुनमा २५ लाख रुपैयाँ आर्थिक सहायता दिएको छ ।
[pdf-embedder url="https://banijyapost.com/wp-content/uploads/2025/04/सूचना-प्र्काशन-२०८१-फागुन_xulcjpb-8.pdf" title="सूचना प्र्काशन २०८१ फागुन_xulcjpb (8)"]
प्रतिक्रिया