बैंकहरुले राष्ट्र बैंकमा पैसा राख्न कम गरेका हुन् ?

२०८१ मंसिर १० गते

बैंकहरुले राष्ट्र बैंकमा पैसा राख्न कम गरेका हुन् ?

काठमाडौ । बैंकहरुले राष्ट्र बैंकले बोलकबोलका लागि माग गरेभन्दा कम रकम राख्न थालेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले माग भन्दा कम रकम बैंकहरुले राष्ट्र बैंकमा राख्न थालेको देखाएको हो । मंसिर ९ गते केन्द्रिय बैंकले ५० अर्ब रुपैयाँ बोलकबोलका लागि माग गर्दा बैंकहरुले जम्मा साढे ९ अर्ब रुपैयाँ मात्र बोलकबोल गरे । केन्द्रिय बैंकले साढे ९ अर्ब रुपैयाँ ३ प्रतिशत ब्याजदरमा लिएको हो । यस्तै त्यस अघि मंसिर ५ गते पनि ४० अर्बको बोलकबोलका लागि रकम माग गर्दा बैंकहरुले १७ अर्ब ४५ करोड रुपैयाँमात्र बिड गरेका थिए । यस्तै मंसिर २ गते ५० अर्ब रुपैयाँ माग्दा २२ अर्ब रुपैयाँमात्र बिड गरेका थिए ।

कात्तिक २८ गते भने ५० अर्ब रुपैयाँको बो्लकबोल खुल्ला गर्दा बैंकहरुले १८ अर्ब १० करोड रुपैयाँ मात्र विड गरेका थिए । तर त्यसअघि भने कात्तिक २५ गते ५० अर्बको माग हुँदा बैंकहरुले ५९ अर्ब रुपैयाँ बोलकबोल गरेका थिए । यस्तै कात्तिक २१ गते बैंकहरुबाट १ खर्ब रुपैयाँ तान्न खोज्दा केन्द्रिय बैंकलाई बैंकहरुले २ खर्ब रुपैयाँ भन्दा बढी रमक राखिदिन बिड गरेका थिए । बैकिङ क्षेत्रमाअधिक तरलता भएपछि केन्द्रिय बैंकमा बैंकहरुको ठुलो रकम पार्किङ भएर बसेको छ । हालसम्म ८ खर्ब ५३ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन उपकरण मार्फत पटपटक केन्द्रिय बैंकले बैंकहरुको रकम तानेको छ । तर बैंकहरुले निक्षेप संकलन उपकरण मार्फत केन्द्रिय बैंकमा ११ खर्ब २६ अर्ब ८० करोड रुपैयाँ राख्न चाहेका थिए । कर्जा लगानी सुस्त भएपछि बैंकहरुले ५/६ प्रतिशतमा लिएको मुद्दती निक्षेपकै रकम ३ प्रतिशत ब्याजदरमा केन्द्रिय बैंकमा राख्न बाध्य भएका छन् ।

Advertisement:

Ad
Ad

[pdf-embedder url="https://banijyapost.com/wp-content/uploads/2024/11/Deposit-Collection-Result-2081.08.09.pdf"]