२०८१ चैत २६ गते
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट कस्तो खालको हुनुपर्छ भन्दै सुझाव माग गरेको छ । मन्त्रालय अहिले बजेट निर्माणमा जुटेको छ ।
अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ को बजेटमा समावेश गर्न उपयुक्त विषयहरुका बारेमा सुझाव दिन विभिन्न संघसंस्था, विज्ञ, व्यवसायी, पेशाकर्मी, कर्मचारी तथा आमसर्वसाधारणलाई भनेको छ । मन्त्रालयको वेबसाइट र इमेल ठेगानामार्फत आगामी वैशाख मसान्तभित्रमा सुझाव पठाउन सकिनेछ ।
[pdf-embedder url="https://banijyapost.com/wp-content/uploads/2025/04/sujhab.pdf"]
प्रतिक्रिया