अपर हेवाखोला हाईड्रोपावरले शतप्रतिशत हकप्रद शेयर जारी गर्दै

२०८१ फागुन ०८ गते

अपर हेवाखोला हाईड्रोपावरले शतप्रतिशत हकप्रद शेयर जारी गर्दै

काठमाडौँ। अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

फागुन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५० करोड रुपैयाँबराबरको ५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

Advertisement:

Ad
Ad

हकप्रद निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्ने छ । आगामी वार्षिक साधारण सभा वा विशेष साधारण सभाबाट पारित भएपश्चात कम्पनीले सो दरमा हकप्रद शेयर निष्काशन गर्नेछ ।