आज कति पुग्यो सुनको भाउ ?

२०८१ कात्तिक २३ गते

आज कति पुग्यो सुनको भाउ ?

काठमाडौ । बिहिबार (हिजो) तोलामा ४ हजार रुपैयाँले घटेको सुनको भाउ आज फेरी २ हजार रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुनको भाउ १ लाख ६४ हजार ५ सय रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६६०.११ डलर र चाँदी प्रतिऔंस ३१.१४ डलरमा कारोबार भइरहेको छ । अमेरिकामा राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भए लगत्तै विश्व बजारमा सुनको भाउ घटेको थियो । त्यसको असर नेपालमा परेको थियो । यस्तै चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ९ सय ८० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १ हजार ९ सय ६० रुपैयाँ क थियो ।

Advertisement:

Ad
Ad